क्यानाडाद्धारा फिलिपिन्स पराजित

काठमाडौं । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोटमा नेपालको समूहमा रहेको क्यानाडाले फिलिपिन्समाथि १ सय १८ रनको जित हात पारेको छ ।
ओमानको अल अमेरातमा भएको खेलमा क्यानाडाले दिएको २ सय १७ रनको लक्ष्य पछ्याएको फिलिपिन्सले निर्धाारित २० ओभरमा ५ विकेट गुमाएर ९८ रन मात्र जोड्न सक्यो ।
फिलिपिन्सका लागि ड्यानियल स्मीथले सर्वाधिक ३५ रन बनाए । कपिल कुमारले २३ रनको जोडे ।
क्याडानाका कलिम साना र साद विन जफरले समान दुई–दुई विकेट लिए ।
जुनैद सिद्धिकीले एक विकेट हात पारे ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको क्यानाडाले केवल १ विकेट गुमाएर २ सय १६ रनको विशाल योगफल तयार पारेको थियो ।
क्यानाडाका म्याथ्यू स्पुर्स १ सय ८ रनमा अविजित रहे । उनले ६६ बलमा १४ चौका र ३ छक्का हिर्काए ।
रायान पठानले ४४ बलमा ७३ रनको योगदान गरे । उनले ९ चौका र २ छक्का प्रहार गरे ।
फिलिपिन्सका लागि एकमात्र विकेट हुजैफा मोहमदले लिए ।