काठमाडौं । लिनिङ्ग ११ औं संस्करणको पुष्पलाल स्मृती ¥याङकिङ्ग राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको छ ।
मंगलबारबाट सुरु हुने प्रतियोगितालाई मुख्य प्रयोजकको रुपमा लिनिङले सहकार्य गरेको छ ।
ललितपुरको नखिपोटको कभर्डहलमा हुने प्रतियोगितालाई नखिपोट युथ क्लबले राष्ट्रिय ब्याडमिन्टन संघसंग मिलेर संयुक्त रुपमा आयोजना गर्दैछ ।
प्रतियोगितालाई नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोग रहेको छ ।
प्रतियोगितामा खेलाडीको अत्याधिक चापलाई हेर्दै ८ गतेसम्म लम्बाईएको संघले जनाएको छ ।
प्रतियोगितामा संघसंग आबद्ध ४७ जिल्ला, नेपाली सेना, नेपाल पुसिल र नेपाल एपिएफ क्लब गरि ५० संस्थाका खेलाडीहरुले सहभागिता जनाउने छन् ।
प्रतियोगितामा पुरुष एकल (राष्ट्रिय बरियतामा १६ औं स्थानमा रहेका), पुरुष एकल (१६ औ बरियता देखि बाहेकका), पुरुष युगल (खुला), महिला एकल (राष्ट्रिय बरियतामा १२ औं स्थानमा रहेका), महिला एकल (१२ औं बरियता देखि बाहेकका), महिला युगल (खुला), यु १७ महिला तथा पुरुष एकल (खुला), भेट्रान्स ४५ बर्ष माथि र मास्टर्स ५५ बर्ष माथि (खुला) गरि १० बिधामा प्रतिस्पर्धा हुने भएको छ ।
पहिलो खेल विहान ७ बजेबाट पुरुष एकल (१६ बरियताका)को प्रतिस्पर्धाबाट सुरु हुने भएको छ । प्रतियोगिताको उद्घाटन बिहान ९ बजे हुने आयोजकले जनाएका छन् ।