काठमाडौं । सन्दीप लामिछाने नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानी गर्ने १० औं खेलाडी बनेका छन् ।
सन्दीपले चारदेशीय टी–ट्वान्टी क्रिकेट सिरिजमा ओमानविरुद्ध पहिलो खेलमा कप्तानी गरिरहेका छन् ।
नेपाल क्रिकेट संघ (क्यान) ले ज्ञानेन्द्र मल्लको स्थानमा सन्दीपलाई कप्तान नियुक्त गरेको थियो ।
सन्दीपको कप्तानको रुपमा पहिलो खेल टी–ट्वान्टी रहेको छ ।
यस अघि उत्तम कर्माचार्य, लेखबहादुर क्षेत्री, पवन कुमार अग्रवाल, गणेश शाही, राजु खड्का, परेश लोहनी, विनोद दास, पारस खड्का र ज्ञानेन्द्र मल्लले नेपालीको कप्तानी गरिसकेका छन् ।