काठमाडौं । आईटीएफ वल्ड जुनियर टेनिस प्रतियोगिता (एसिया ओसिएना प्रि क्वालिफाइङ) मा सहभागी हुन ५ खेलाडीसहित ६ सदस्यीय नेपाली टोली शुक्रबार श्रीलंकाको कोलम्बो प्रस्थान गर्ने भएका छन् ।
प्रतियोगिता फेब्रुअरी १४ देखि १९ तारिखसम्म कोलम्बोमा हुनेछ ।
प्रतियोगिताको पुरुषतर्फ राजवीर प्रधान र बोरिस अधिकारी तथा महिलामा सुनिरा थापा, आध्या पौडेल र जेनी खड्काले सहभागिता जनाउनेछन् ।
त्यसलगतै कोलम्बोमै फेब्रुअरी २१ देखि २६ सम्म आयोजना हुने जुनियर डेभिस कपको पुरुषतर्फ अकी जुवेन रावत, राजवीर प्रधान र निश्चल कायश्थले प्रतिस्पर्धा गर्नेछन् ।
सोही दौरान हुने जुनियर बिली जिन किङ कपमा नेपाली महिला खेलाडी सुनिरा थापा, आइशा डोल्कर गुरुङ र प्रशंसा मोक्तानले सहभागिता जनाउने छन् ।
टोलीको प्रशिक्षकमा रामेश्वर थापा छन् ।
टोलीलाई नेपाल टेनिस संघका सदस्यद्वय अजय विष्ट र निरेश श्रेष्ठले सातदोबाटोमा आयोजित एक कार्यक्रमबीच बिहीबार बिदाइ गरे ।