काठमाडौं । सातौं प्रधानसेनापति खुल्ला म्याराथन तथा रन फर फन फागुनमा आयोजना हुने भएको छ ।
आयोजक त्रिभुवन आर्मी क्लबले प्रतियोगिता फागुन १४ गते काठमाडौंमा आयोजना हुने जनाएका छ ।
युनिटी, टिम स्पिरिट एन्ड स्ट्रेन्थ थिम अन्तर्गत पुरुषतर्फ फुल र हाफ म्याराथन तथा महिलातर्फ हाफ म्याराथन आयोजना हुनेछ ।
त्यसैगरी, सैनिक अधिकृत तथा सैनिक सहचारीतर्फ पुरुष र महिलाको १० किलोमिटर दौड हुनेछ ।
उपत्यकाभित्रका सहायक रथी र सो भन्दा माथीका रथी तथा सैनिक श्रीमति संघका कार्यकारिणी पदाधिकारी र आन्त्रीत व्यक्तिहरुका लागि ५ किलोमिटरको वाकाथन आयोजना गरिनेछ ।
प्रतियोगितामा करिब १ हजार १ सय ५० खेलाडी तथा पदाधिकारीहरु सहभागि हुनेछन् ।
फुल म्याराथन जित्ने धावकले नगद ३ लाख प्राप्त गर्नेछन् भने दोस्रो र तेस्रो हुनेले क्रमशः २ लाख तथा १ लाख प्राप्त गर्नेछन् ।
साथै चौथोंले ५० हजार, पाँचौं ३० हजार, छैठौंले २५ हजार, सातौंले २० हजार, आठौंले १५ हजार, नवौंले १० हजार तथा दशौंले ५ हजार पाउनेछन् ।
हाफ म्याराथनतर्फत पुरुष तथा महिला दुबैतर्फका शीर्ष तीन स्थान हात पार्नेले ७५ हजार, ५० हजार र ३५ हजार जित्नेछन् ।
१० किलोमिटर दौडतर्फ सबै विधाका विजेता, उपविजेता तथा तेस्रो हुनेले १० हजार, ७ हजार र ५ हजार प्राप्त गर्नेछन् ।