काठमाडौं । न्यूजिल्यान्डका कप्तान केन विलियम्सनले दक्षिण अफ्रिकाविरुद्धको दुई खेलको टेस्ट क्रिकेट सिरिज गुमाउने सम्भावना रहेको छ ।
गत वर्ष नोभेम्बरमा भारतविरुद्धको टेस्ट पनि विलियम्सन मैदान बाहिर रहेका छन् र उनले दक्षिण अफ्रिकाविरुद्धको सिरिज गुमाउन सक्ने स्टफ डट सिओ डट एनजेडको एक प्रतिवेदनले जनाएको छ ।
दक्षिण अफ्रिका र घरेलु टोली न्यूजिल्यान्डबीचको पहिलो टेस्ट क्रिसचर्चमा फेब्रुअरी १७ तारिखबाट सुरु हुनेछ ।
हातको चोटका कारण विलियम्सनले न्यूजिल्यान्डको पछिल्ला तीनवटा टेस्ट खेल गुमाइसकेका छन् ।
बंगलादेशविरुद्धको टेस्ट सिरिजमा कप्तानीको भूमिका निर्वाह गरेको टम लाथम नै पुन दक्षिण अफ्रिकाविरुद्धको सिरिजका लागि कप्तान हुने अपेक्षा गरिएको छ ।
विलियम्सन सन् २०२१ को सुरुआतबाटै हातको चोट बोकिरहेका छन् र गत मार्चमा बंगलादेशविरुद्धको तीन खेलको एकदिवसिय गुमाएका थिए ।
त्यसैगरी, जुनमा इंग्लान्डविरुद्धको टेस्ट गुमाएका थिए ।
तर उनले न्यूजिल्यान्डलाई विश्व टेस्ट च्याम्पियनसिप जिताएका थिए ।