शनिबार, ०५ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

के सजिलो छ त नेपालका लागि विश्वकपको यात्रा ? 

मंगलबार, १८ माघ २०७८खेलपाटी संवाददाता
के सजिलो छ त नेपालका लागि विश्वकपको यात्रा ? 

फोटो : क्यान

Classic Tech Internet Ad

काठमाडौ । फेब्रुअरी १८ देखि २४ तारिखबाट ओमानमा हुने आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोटले यसै वर्ष अष्ट्रेलियामा हुने विश्वकपका लागि दुई टोलीको टुंगो लगाउने छ । 

यदि आठ वर्षपछि फेरी एक पटक विश्वकप खेल्नु छ भने नेपाल ती दुई टोली मध्ये एक हुनु पर्नेछ । 

अर्थात अक्टुबर १६ तारिखबाट अष्ट्रेलियामा सुरु हुने टी–ट्वान्टी विश्वकपमा स्थान बनाउने नेपालले ग्लोबल छनोटमा फाइनलसम्मको यात्रा तय गर्न पर्छ । 

तर त्यस अघि भने सेमिफाइनलसम्म पुग्नु पनि नेपालका त्यति सजिलो भने पक्कै हुनेछैन ।

नेपाल ग्लोबल छनोटको समूह ‘ए’ मा रहेको छ र यसै समूहमा क्यानाडा, आयोजक ओमान, फिलिपिन्स, बहराईन, जर्मनी, आयरल्यान्ड र युएई जस्ता टिम रहेका छन् ।

यस समूहलाई पुन वर्गिकरण गरिएको छ र ८ टिमलाई दुई समूहमा विभाजन गरिएको छ । 

नेपाल भने पहिलो समूहमा क्यानाडा, ओमान र फिलिपिन्ससँग रहेको छ । 

र फाइनल अघि सेमिफाइनलको यात्रा तय गर्न नेपालले चार टिममध्ये शीर्ष दुईमा पर्नुपर्नेछ ।

तर यो भने त्यति सजिलो पक्कै पनि हुनेछैन ।

नेपालका मुख्य प्रशिक्षक पुबुदु दासानायकेकै भनाईलाई मान्ने हो भने चार टोली मात्र रहेको समूहमा नेपाललाई कुनै पनि खेलमा गल्ति गर्ने छुट हुनेछैन । 

‘छनोटमा १४ देखि १६ टिम भयो भने छनोट हुने मौका धेरै हुन्छ । किनभने कुनै एउटा खराब दिनबाट पछि माथि उठ्न सक्छौ । तर चार टिम भएको समूहमा हामीले खराब दिनको बारेमा सोच्न सक्दैनौ, सबै खेलमा राम्रो खेल्नै पर्छ,’ दासानायकेले एक अन्तरकृयाका क्रममा भनेका थिए ।

किनभने ओमानले केही महिना अघि मात्र टी–ट्वान्टी विश्वकप खेलेको थियो ।

ओमानले विश्वकपमै पपुआ न्यूगिनीलाई पराजित गर्दा बंगलादेशलाई कडा चुनौती दिएको थियो । 

दासानायकेका अनुसार ओमानले पछिल्लो समय राम्रो क्रिकेट खेलिरहेको छ र उनीहरुलाई नेपालले पराजित गर्नेपर्ने हुन्छ । 

‘हामी उनीहरुको लेभल भन्दा पर छैनौ । हामी उनीहरु भन्दा राम्रो पनि गर्न सक्छौ । तर हामीले उनीहरुमाथि जित हात पार्न राम्रो क्रिकेट खेल्नुपर्छ,’ दासानायकेले थपेका थिए ।  

अर्कोतर्फ नेपालको अर्का प्रतिद्धन्दी क्यानाडाले पनि विश्वकप छनोट जस्ता प्रतियोगितामा राम्रो क्रिकेट खेल्दै आएको छ ।

नेपालका लागि चिरपरिचित टिम पनि हो । र क्यानाडाले नेपालको विश्वकप सपनालाई तुहाउन पनि सक्छ । 

अर्कोतर्फ फिलिपिन्स नेपालका लागि नौलो टिम हो र नेपाली टिमका प्रशिक्षक दासानायकेले फिलिपिन्सलाई पनि सहज नलिने बताइसकेका छन् ।

‘समग्रमा हामीले राम्रो क्रिकेट खेल्नुपर्छ’ दासानायके बताउछन् ।

समूहमा शीर्ष दुई स्थान हात पारेपनि नेपाललाई विश्वकपसम्म पुग्नका लागि अर्को चुनौती भनेको सेमिफाइनलमा आयरल्यान्ड वा युएईविरुद्ध खेल्नु रहनेछ । 

आयरल्यान्डले पनि भर्खरै विश्वकप खेलेर आएको छ र जनवरीमै वेस्ट इन्डिजविरुद्धको तीन खेलको एकदिवसिय सिरिज २–१ ले जितेको थियो ।

हुन त ग्लोबल छनोट अघि नेपालले आफ्नै समूहमा रहेको ओमान साथै अर्को समूहमा रहेका युएई र आयरल्यान्डविरुद्ध टी–ट्वान्टी सिरिज खेल्ने तालिका रहेको छ । 

सो सिरिजले पनि नेपाललाई ती टिमहरुको बारेमा बुझ्ने र मुख्य प्रतियोगिताका लागि रणनीति तय गर्ने अवसर प्रदान गर्नेछ ।
 

Bajaj Pulsar Motorcycle Ad
#आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

आइसीसी टी–२० वरीयतामा दीपेन्द्र आठौं स्थानमा !

आइसीसी टी–२० वरीयतामा दीपेन्द्र आठौं स्थानमा !

 यु–१९ एसिया कपका सबै खेलमा नेपाल पराजित

यु–१९ एसिया कपका सबै खेलमा नेपाल पराजित

फेरि चलेनन् नेपाली ब्याटर

फेरि चलेनन् नेपाली ब्याटर

Bajaj Pulsar Motorcycle Ad
पथरी–११ सतिसाले गोल्डकपको फाइनलमा

पथरी–११ सतिसाले गोल्डकपको फाइनलमा

एपीएफलाई हराउँदै इस्ट बंगालले जित्यो उपाधि

एपीएफलाई हराउँदै इस्ट बंगालले जित्यो उपाधि

पहिलो हाफमै एपीएफले खायो २ गोल

पहिलो हाफमै एपीएफले खायो २ गोल

क्रिकेटकाे जर्सी मात्र भाटभटेनीकाे स्टाेरमा

क्रिकेटकाे जर्सी मात्र भाटभटेनीकाे स्टाेरमा

वेलिङ्टनको जितमा साम्बाको २  गोल

वेलिङ्टनको जितमा साम्बाको २ गोल

अस्ट्रेलियन लिगमा ‘साम्बा’को पहिलो गोल

अस्ट्रेलियन लिगमा ‘साम्बा’को पहिलो गोल

अफ्रिकन खेलाडी स्वदेश फर्किने भएपछि समस्या ठूला क्लब

अफ्रिकन खेलाडी स्वदेश फर्किने भएपछि समस्या ठूला क्लब

आयोजक सतिसाले सेमिफाइनलमा

आयोजक सतिसाले सेमिफाइनलमा