काठमाडौं । स्पेनिस टेनिस स्टार राफायल नाडाल अष्ट्रेलियन ओपन टेनिसको फाइनलमा प्रवेश गरेका छन् ।
मेलबर्नमा शुक्रबार भएको पहिलो सेमिफाइनलमा इटालीका माटियो बेरेट्टीनीलाई हराउँदै नाडाल उपाधि नजिक पुगेका हुन् ।
पाँचौं वरीयताका नाडालले सातौं वरीयताका माटियोमाथि ६-३, ६-२, ३-६ र ६-३ को प्रतिस्पर्धात्मक सेटमा जित निकाले।
नाडाल छैटौं पटक अष्ट्रेलियन ओपनको फाइनलमा पुगेका हुन् ।
नाडालको यो ग्रान्डस्लामको २९ औं फाइनल समेत हो ।
अब नाडालले उपाधिका लागि ग्रीसका स्टेफानोस सित्सिपास र रुसका डानिल मेदभेदेबको विजेतासँग खेल्ने छन् ।
नाडाल अष्ट्रेलियन ओपनमा एक पटकको च्याम्पियन हुन् ।
२० पटकको ग्रान्डस्लाम विजेता नाडालले २००९ मा उपाधि जितेका थिए ।
नाडाल २१ औं पटक ग्रान्डस्लामको उपाधि जितेर कीर्तिमान बनाउने योजनामा रहेका छन् । नाडालले हालसम्म २० पटक ग्रान्डस्लामको उपाधि जितेका छन् ।
नाडालसँगै रोजर फेडेरर र नोभाक जोकोभिचले संयुक्त २० पटक ग्रान्डस्लाम जितेका छन् ।