बार्टी सेमिफाइनलमा
मंगलबार, ११ माघ २०७८खेलपाटी संवाददाता

काठमाडौं । अष्ट्रेलियाकी विश्व नम्बर एक अस्लेइग बार्टी अष्ट्रेलियन ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेकी छिन् ।
मंगलबार भएको खेलमा अमेरिकी खेलाडी जेसिका पेगुलालाई हराउँदै बार्टीले अन्तिम चारको यात्रा तय गरेकी हुन् ।
२५ वर्षिया बार्टीले जेसिकामाथि ६-२ र ६-० को जित निकालिन ।
बार्टी दोस्रो पटक अष्ट्रेलियन ओपनको सेमिफाइनलमा पुगेकी हुन् ।
बार्टीले सेमिफाइनलमा अमेरिकी म्याडीसन कियससँग खेल्ने छिन् ।
बार्टी सेमिफाइनलमा











-1770555824523.jpeg&w=3840&q=75)
-1770548725823.jpeg&w=3840&q=75)


