काठमाडौं । स्पेनिस टेनिस खेलाडी राफायल नाडाल अष्ट्रेलियन ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
मेलबर्नमा मंगलबार भएको क्वाटरफाइनलमा क्यानडाका डेनिस सापालोभलाई हराएर नाडालले अन्तिम चारको यात्रा तय गरेका हुन् ।
पाँचौं वरीयताका नाडालले १४ औं वरीयताका डेनिसमाथि ६-३, ६-४, ४-६, ३-६ र ६-३ को प्रतिस्पर्धात्मक सेटमा जित निकाले ।
नाडाल सातौं पटक अष्ट्रेलियन ओपनको सेमिफाइनलमा पुगेका हुन् ।
२०१९ पछि उनी पहिलो पटक अष्ट्रेलियन ओपनको अन्तिम चारमा पुगेका हुन् ।
नाडाल अष्ट्रेलियन ओपनमा एक पटकको च्याम्पियन हुन् ।
२० पटकको ग्रान्डस्लाम विजेता नाडालले २००९ मा उपाधि जितेका थिए ।