काठमाडौं । दोस्रो वरीयताकी अर्यना सावालान्का अष्ट्रेलियन ओपन टेनिसबाट बाहिरिएकी छन् ।
काइया कानेपीसँग पराजित हुदै सावालान्का प्रतियोगिताबाट बाहिरिएकी हुन् ।
कानेपीले सावालान्कालाई ५–७, ६–२ र ७–६ को सेटमा पराजित गरिन् ।
इस्टोनियाकी कानेपी जितसँगै क्वाटरफाइनलमा प्रवेश गरेकी छन् ।
कानेपीले क्वाटरफाइनलमा अब इगा स्वीटेकविरुद्ध खेल्नेछिन् ।
इगाले सोरोना सिर्सटीलाई ५–७, ६–३ र ६–३ को सेटमा पराजित गरिन् ।
पुरुषतर्फ चौथों वरीयताका स्टेफानोस सिट्सीपासले अमेरिकाका टेलर फ्रिजलाई पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरे ।
ग्रिसका स्टेफानोसले टेलरलाई ४–६, ६–४, ४–६, ६–३ र ६–४ को सेटमा पराजित गर्दै अन्तिम आठमा प्रवेश गरे ।
स्टेफानोसले अब ११ औं वरीयताका जानिक सिनरविरुद्ध खेल्नेछन् ।
जानिकले अलेक्स मिनाउरलाई ७–६, ६–३ र ६–४ को सेटमा पराजित गर्दै क्वाटरफाइनल प्रवेश गरे ।