काठमाडौं । ड्यानियल मेदभेदेभ अष्ट्रेलियन ओपन टेनिसको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
दोस्रो वरीयताका रुसी खेलाडी मेदभेदेवले अमेरिकाका म्याक्सि क्रेसीलाई पराजित गर्दै अन्तिम आठमा प्रवेश गरेका हुन् ।
मेदभेदेवले विश्व नम्बर ७० का क्रेसीलाई ३–१ को सेटमा पराजित गरे ।
मेदभेदेवले ६–२, ७–६ (७–४), ६–७ (४–७) र ७–५ ले पराजित गरे ।