मेदभेदेब र स्टेफानोस अन्तिम १६ मा
शनिबार, ०८ माघ २०७८खेलपाटी संवाददाता

काठमाडौं । रुसका दोस्रो वरीयताका डानिल मेदभेदेब अष्ट्रेलियन ओपनको अन्तिम १६ मा प्रवेश गरेका छन् ।
मेलबर्नमा शनिबार डच खेलाडी बोटिक भान डीलाई हराउँदै मेदभेदेबले चौंथो चरणमा स्थान बनाएका हुन् ।
मेदभेदेबले बोटिकलाई ६-४,६-४ र ६-२ ले पराजित गरे ।
पुरुषतर्फ नै ग्रीसका स्टेफानोस सिसेपसले पनि अन्तिम १६ मा स्थान बनाएका छन् ।
स्टेफानोसले बिनोइट पेरेलाई ६-३,७-५,६-७(२-७) र ६-४ ले पराजित गरे ।
मेदभेदेब र स्टेफानोस अन्तिम १६ मा











-1770555824523.jpeg&w=3840&q=75)
-1770548725823.jpeg&w=3840&q=75)


