काठमाडौं । रोमानियाकी सिमोना हालेप अष्ट्रेलियन ओपनको अन्तिम १६ मा प्रवेश गरेका छन् ।
मेलबर्नमा शनिबार बिहान भएको खेलमा मोन्टेनेग्रोका डन्का कोभिनिचलाई हराएर हालेपले चौंथो चरणको यात्रा तय गरेकी हुन् ।
पूर्व विश्व नम्बर एक समेत रहेकी हालेपले कोभिनिचमाथि ६-२ र ६-१ को सेटमा जित निकालिन ।
हालेपले अहिलेसम्म अष्ट्रेलियन ओपन जितेकी छैनन् ।
उनी २०१८ मा फाइनल पुगेकी थिइन् ।