नाडाल अन्तिम १६ मा
शुक्रबार, ०७ माघ २०७८खेलपाटी संवाददाता

काठमाडौं । स्पेनिस टेनिस खेलाडी राफायल नाडाल अष्ट्रेलियन ओपन टेनिसको चौंथो चरणमा प्रवेश गरेका छन् ।
मेलबर्नमा शुक्रबार भएको तेस्रो चरणमा रुसी खेलाडी करिन खाचानोभलाई हराएर नाडालले चौथों चरणमा स्थान बनाएका हुन् ।
छैटौं वरीयताका नाडालले करिनमाथि ६-३,६-२,३-६ र ६-१ को सेटमा पराजित गरे।
नाडाल अष्ट्रेलियन ओपनमा एक पटकको च्याम्पियन हुन् ।
२० पटकको ग्रान्डस्लाम विजेता नाडालले २००९ मा उपाधि जितेका थिए ।
नाडाल अन्तिम १६ मा











-1770555824523.jpeg&w=3840&q=75)
-1770548725823.jpeg&w=3840&q=75)


