काठमाडौं । अष्ट्रेलियाकी विश्व नम्बर एक अस्लेइग बार्टी अष्ट्रेलियन ओपन टेनिसको अन्तिम १६ मा प्रवेश गरेकी छिन् ।
शुक्रबार भएको खेलमा इटालियन खेलाडी क्यामिला जियोर्जीलाई हराउँदै बार्टीले चौंथो चरणको यात्रा तय गरेकी हुन् ।
२५ वर्षिया बार्टीले जियोर्जीमाथि ६-२ र ६-३ को जित निकालिन ।
यस्तै साविक विजेता नाओमी ओसाका भने तेस्रो चरणबाट बाहिरिएकी छिन् ।
ओसाका अमेरिकी खेलाडी अमान्डा एनिसिमोभासँग पराजित भईन्।
१३ औं वरीयताकी ओसाका ६-४, ३-६ र ६-७ (५-१०) ले पराजित भईन् ।