काठमाडौं । म्याटियो बेरेटिनी, डेनिस सापोभालोभ र गेल मोनफिल्स अष्ट्रेलियन ओपन टेनिसको अन्तिम १६ मा प्रवेश गरेका छन् ।
सातौं वरीयताका इटालीयन खेलाडी म्याटियो बेरेटिनीले स्पेनका ३१ औं वरीयताका कार्लोस अल्काराजलाई पराजित गर्दै चौथों चरणमा प्रवेश गरे ।
बेरेटिनीले अल्काराजलाई ७–६, २–६, ४–६, ७–६ र ६–२ को सेटमा पराजित गरे ।
यता क्यानाडाका १४ औं वरीयताका डेनिस सापोभालोभले अमेरिकाका २९ औं वरीयताका रेल्ली ओपेल्कालाई ३–१ को सेटमा पराजित गरे ।
सापोभालोभले ओपेल्कामाथि ६–४, ६–३, ४–६ र ७–६ को जित निकाल्न सफल भए ।
फ्रान्सका २० औं वरीयताका गेल मोनफिल्सले चिलीका १९ औ वरीयताका क्रिस्टीयन गारिनलाई सोझो सेटमा पराजित गर्दै अन्तिम १६ मा प्रवेश गरे ।
मोनफिल्सले गारिनलाई ६–३, ६–१ र ७–६ को सेटमा पराजित गरे ।