जिम्बावेका बलरमाथि प्रतिबन्ध
बिहिबार, ०६ माघ २०७८खेलपाटी संवाददाता

काठमाडौं । आईसीसीले जिम्बावेको यू–१९ क्रिकेट टिमका बलर भिक्टर चिरवालाई बलिङ गर्न प्रतिबन्ध लगाएको छ ।
इलिगल बलिङ एक्सनका कारण भिक्टरलाई बलिङ गर्न प्रतिबन्ध लगाएको आईसीसीले जनाएको छ ।
आईसीसी यू–१९ विश्वकप अन्तर्गत भिक्टरले इलिगल बलिङ एक्सन प्रयोग गरेको आईसीसीले सुनिश्चित गरेको थियो ।
विश्वकप अन्तर्गत जिम्बावेले पहिलो खेलमा पपुआ न्यू गिनीलाई २ सय २८ रनले पराजित गरेको थियो ।
उक्त खेलमा भिक्टरले ७ ओभर बलिङ गर्दा ३ मेडन ओभर फाल्दै मात्र ११ रन खर्चेर २ विकेट हात पारेका थिए ।
#भिक्टर चिरवा







-1764662383271.webp&w=3840&q=75)

-1764668485959.png&w=3840&q=75)



