बिहिबार, १२ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

लोककथा झै लोकेशको कथा 

बिहिबार, ०६ माघ २०७८सन्जिब कुमार साह
लोककथा झै लोकेशको कथा 
Loading ad...
mustang rice ad

काठमाडौं । १९ वर्षीय युवा आक्रामक ब्याट्म्यानको रुपमा परिचय बनाउन सफल युवा क्रिकेटर लोकेश बमको नेपाली राष्ट्रिय क्रिकेट टिमसम्मको यात्रा कुनै लोककथा भन्दा कम छैन ।

प्रधानमन्त्री कप टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा गरेको उत्कृष्ट प्रदर्शनले नै उनलाई सिधै राष्ट्रिय टिममा स्थान दिलाउन सफल भयो ।

त्यो पनि आईसीसी पुरुष टी–ट्वान्टी विश्वकपको ग्लोबल छनोट खेल्ने टोलीमा ।

‘राष्ट्रिय टिममा पहिलो पटक पर्दैछु खुसी लाग्छ नै । उत्साहित पनि छु । मेरो साकारात्मक पक्ष देखेर नै टिममा राखेको छ, त्यसैले ग्लोबल छनोटमा खेल्ने मौका मिल्छ भन्ने लाग्छ,’ लोकेशले खेलपाटीसँग भने ।

प्रतियोगिता अघि नेपाल क्रिकेट संघ (क्यान)ले सार्वजनिक गरेको ३० सदस्यीय प्रारम्भिक टोलीमा समावेश नभएका लोकेशले सिधै १६ जनाको टोलीमा स्थान बनाउन सफल भए । 

खासमा सुदुरपश्चिम प्रदेशको धनगढी घर भई नेपाल एपीएफ क्लबका लागि प्रधानमन्त्री कप खेलेका लोकेशले निडर र आक्रामक ब्याटिङको नमुना प्रदर्शन गरे ।

लोकेशका अनुसार उनको आक्रामक व्याटिङको राज भनेको उनले गरेको मेहनत नै हो । 

‘आक्रामक ब्याटिङको राज भनेको मेरो मेहनत नै होला । लामो समय भएको थियो मैले रन पनि बनाउन सकेको थिएन । आफूलाई प्रमाणित पनि गर्नुथियो, म सँग क्षमता पनि थियो, त्यो प्रमाणित गर्नुथियो,’ लोकेशले थपे ।

लोकेशले पीएम कप अन्तर्गत बलिया तथा राष्ट्रिय खेलाडीसम्मिलित टिमकाविरुद्ध उत्कृष्ट ब्याटिङ गर्न सफल भए ।

प्रतियोगिताको सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबविरुद्ध १४ बलमै अर्धशतक प्रहार गरेका थिए । उनले सो खेलमा १८ बलमै ६६ रन बनाउदा ९ छक्का हिर्काएका थिए । 

लोकेशले समूह चरणमा बागमती प्रदेशविरुद्ध २१ बलमा अर्धशतक पुरा गर्दा १० चौका प्रहार गर्न भ्याए । 

फाइनलमा पनि पुलिसविरुद्ध १५ बलमा २७ रनको योगदान गर्दा तीन छक्का हिर्काउन सफल भए । 

सायद उनको आक्रमण ब्याटिङ देखेर होला राष्ट्रिय टिमका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले प्रतियोगितापछि नेपाली टोलीमा युवा खेलाडीले स्थान पाउने सुनिश्चित गरेका थिए । 

दासानायकेले प्रतियोगितामा युवा खेलाडीको प्रदर्शन हेर्दा नेपाल राम्रो अवस्थामा रहेको प्रतिक्रिया दिएका थिए । 

त्यसको केही समय वित्न नपाउदै घोषणा भएको नेपाली टोलीमा लोकेशले स्थान पाए ।

खासमा लोकेशले गत महिना अर्थात डिसेम्बर २३ देखि ३१ सम्म युएईमा एकदिवसिय फर्मेटमा भएको एसीसी यू–१९ एसीया कपका लागि नेपाली टिममा स्थान समेत पाएका थिएनन ।

किनभने नोभेम्बर २३ देखि डिसेम्बर ५ सम्म टियु क्रिकेट मैदानमा एसिया कपको छनोटका लागि एकदिवसिय फर्मेटमा भएको यू–१९ राष्ट्रिय प्रतियोगितामा लोकेशको प्रदर्शन खासै सम्झन लाएक थिएन ।

उनले ७ मध्ये ५ खेलमा ब्याटिङ गर्दा केवल एक खेलमा मात्र अर्धशतक पुरा गरेका थिए । उनले तत्कालिन प्रदेश नं. २ विरुद्ध ७३ बलमा ८१ रन बनाएका थिए । त्यसबाहेक अन्य खेलमा उनको ब्याटिङ खासै चलेन ।

‘अभ्यास गर्दा गर्दै पनि राम्रो गर्न सकिन । मेन्टलीपनि कही न कही चुकिहेको थिए र राम्रो गर्न सकिरहेको थिएन । तर यस पटक आफूलाई प्रमाणित गर्नु नै थियो,’ उनले खेलपाटीसँग भने ।

यू–१९ प्रतियोगितामा नदेखिएको उनको ब्याटिङको जादू भने एकमहिनाभित्रै लोककथा झै बदलिएको छ । 

उक्त बदलाबले नै लोकेशलाई सिनियर टोलीसम्म डोर्याएको छ, जुन उनको जीवनको सबैभन्दा ठूलो उपलब्धि र ‘टर्निङ प्वाइन्ट’ हुन सक्छ । 

‘एकचोटीमात्र प्रदर्शन गरेर हुदैन, निरन्तरता चाहिन्छ, मेरो खेल आक्रामक नै हो, मैले खेल्न खोज्ने यस्तै नै हो, सधै यस्तै हुन्छ भन्ने छैन तर आफ्नो तर्फबाट उत्कृष्ट प्रदर्शन गर्ने प्रयास गर्नेछु’ लोकेशले टुंग्याए ।

Loading ad...
LiNing Ad
#लोकेश बम

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

गण्डकीका अर्जुन र दीपकको अर्धशतक

गण्डकीका अर्जुन र दीपकको अर्धशतक

पुलिसलाई बागमतीको बलियो लक्ष्य

पुलिसलाई बागमतीको बलियो लक्ष्य

दिनेशको घातक बलिङसँगै कर्णालीको पहिलो जित

दिनेशको घातक बलिङसँगै कर्णालीको पहिलो जित

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
गण्डकीका अर्जुन र दीपकको अर्धशतक

गण्डकीका अर्जुन र दीपकको अर्धशतक

पुलिसलाई बागमतीको बलियो लक्ष्य

पुलिसलाई बागमतीको बलियो लक्ष्य

कुमारको प्यानल एन्फा निर्वाचनमा सहभागी नहुने

कुमारको प्यानल एन्फा निर्वाचनमा सहभागी नहुने

साँच्चिकै घाइते छन् एमबाप्पे ?

साँच्चिकै घाइते छन् एमबाप्पे ?

लेवान्डोव्स्कीको यो अन्तिम विश्वकप हो?

लेवान्डोव्स्कीको यो अन्तिम विश्वकप हो?

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

इटालीलाई विश्वकपमा फर्किने मौका

इटालीलाई विश्वकपमा फर्किने मौका

आफूले जितेको उपाधि मोरक्कोलाई दिएपछि सेनेगल अदालतमा

आफूले जितेको उपाधि मोरक्कोलाई दिएपछि सेनेगल अदालतमा