काठमाडौं । नेपाल एपीएफ क्लबका मोहमद आशिफ शेख पीएम कप टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् ।
टियु क्रिकेट मैदानमा बुधबार सपन्न प्रतियोगितान आशिफ प्लेयर अफ दि सिरिज चुनिएका हुन् । उनले ३० हजार प्राप्त गरे।
एपीएफलाई उपाधि दिलाउन उनले उत्कृष्ट प्रदर्शन गरेका थिए । फाइनलसहित ६ खेल खेल्दै उनले २ सय २७ रन बनाए ।
प्रतियोगिताको उत्कृष्ट ब्याट्सम्यान पुलिस क्लबका कुशल भुर्तेल चुनिए । भुर्तेलले ४ खेल खेल्दै १ सय ८२ रन जोडेका थिए ।
यस्तै उत्कृष्ट बलर लुम्बिनीका अनिल खरेल चुनिए । अनिलले ४ खेलमा १० विकेट लिएका थिए ।
उत्कृष्ट ब्याट्सम्यान र बलरले २०/२० हजार प्राप्त गरे ।