काठमाडौं । अष्ट्रेलियाविरुद्धको एसेज शृंखला नराम्रोसँग गुमाएपछि इंग्लिस क्रिकेट अहिले त्यसको कारण खोज्न ब्यस्त छ । जति मुख, उति कारण अगाडि आइरहेका छन् । नानाथरी विश्लेषण आइरहेको छ, आखिरमा इंग्ल्यान्ड यति धेरै नराम्रोसँग किन पराजित भयो त ? अष्ट्रेलियाले पाँच टेस्टको शृंखला ४–० ले सजिलै जितेको थियो ।
टेस्ट कप्तान रोय रुटले आफ्नो टिमको हारको पछाडि इंग्लिस क्रिकेटले धेरै भन्दा धेरै सीमित ओभरको क्रिकेटलाई बढी महत्त्व दिनु रहेको आरोप लगाएका छन् । उनका अनुसार द हन्ड्रेडलाई इंग्ल्यान्डले खुबै तामझामले आयोजना त गर्यो, तर त्यसको नतिजा अहिले टेस्ट क्रिकेटमा आइरहेको छ ।
रुट मान्छन्, इंग्लिस क्रिकेटले बढी भन्दा बढी महत्त्व दिनु पर्ने भनेको टेस्टलाई नै हो, ट्वान्टी ट्वान्टी क्रिकेट अथवा यस्तै अन्य प्रतियोगितालाई होइन् । यस्तो किन भन्दा टेस्ट क्रिकेट नै वास्तविक क्रिकेट हो । अब यति रुटले बोलेपछि इंग्ल्यान्डकै वान डे कप्तान इयोन मोर्गन मात्र के चुप लागेर बस्थे र ?
उनी त आखिर यस्तै सीमित ओभरको क्रिकेटका विशेषज्ञ खेलाडी हुन् । मोर्गनले पनि भनिहाले, रुटको आरोप सुन्ने हो भने हाँसो लाग्छ । अझ उनी रुटले कुनै पनि हालतमा द हन्ड्रेडलाई दोष दिन नहुने मान्छन् । उनी एउटा तथ्य के पनि मान्छन् भने टेस्ट क्रिकेटलाई बढी महत्त्व पक्कै दिनु पर्छ, तर खेलाडीको खराव प्रदर्शन कहिले पनि अरू फरक प्रतियोगिता हुन सक्दैन् ।
–डेली मेलको सहयोगमा ।