काठमाडौं । पीएम कप टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा सर्वाधिक रन नेपाल एपीएफ क्लबका आसिफ शेखले बनाएका छन् ।
आसिफले फाइनलसहित ६ खेल खेल्दै २ सय २७ रन बनाए । उनले सर्वाधिक ८४ रन बनाएका थिए ।
एपीएफकै प्रदिप सिंह ऐरीले ६ खेलमा २ सय १३ रन बनाए । उनले सर्वाधिक ६० रन बनाएका थिए ।
नेपाल पुलिस क्लबका कुशल भुर्तेलले भने ४ खेल खेल्दै १ सय ८२ रन जोडे । उनले सर्वाधिक ८२ रन बनाएका थिए ।
प्रतियोगिता अन्तर्गत सर्वाधिक विकेट भने नेपाल पुलिस क्लबका दिपेन्द्र सिंह ऐरीले लिएका छन् ।
दिपेन्द्रले फाइनलसहित ६ खेल खेल्दै १४ विकेट लिएका छन् । उनको उत्कृष्ट बलिङ भनेको १० रन खर्चेर ५ विकेट लिनु हो ।
एपीएफका अविनाश बोहराले ६ खेल खेल्दै १२ विकेट लिएका छन् । अविनाशको उत्कृष्ट बलिङ भनेको ३२ रन खर्चेर ४ विकेट लिनु हो ।
लुम्बिनीका अनिल खरेल तथा एपीएफका किशोर महतोले समान १०–१० विकेट हात पारेका छन् ।
अनिले ४ खेलमा १० विकेट लिए । उनको उत्कृष्ट बलिङ भनेको १३ रन खर्चेर ५ विकेट हात पार्नु हो ।
यता किशोरले भने ६ खेलमा १० विकेट लिदा उत्कृष्ट बलिङ भनेको १५ रन खर्चेर ३ विकेट लिनु हो ।