काठमाडौं । राफायल नाडाल अष्ट्रेलियन ओपन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन् ।
छैठौ वरियताका नाडालले यानिक हान्फमानलाई सोझो सेटमा पराजित गर्दै तेस्रो चरणमा प्रवेश गरेका हुन् ।
स्पेनिस खेलाडी नाडालले जर्मनीका यानिकलाई ६–२, ६–३ र ६–४ को समेत पराजित गरे ।
२००९ का च्याम्पियन तथा २१ औ पटक ग्रान्ड स्लाम जित्ने दाउमा रहेका नाडालले पाँच पटक फाइनल खेलिसकेका छन् ।
नाडालले अब रुसका कारेन खाचानोभ र फ्रान्सका बेन्जामिन बोन्जीबीचको विजेताको सामना गर्नेछन् ।
यता १९ औ वरियताका स्पेनिस खेलाडी पाब्लो कारेनो बुस्टाले नेदरल्यान्ड्सका टालोन ग्रिकस्पुरलाई ६–३, ६–७ (६–८), ७–६ (७–३), ३–६ र ६–४ तथा स्पेनकै कार्लोस अल्कारेजले सर्वियाका डुसान लाजोभिकलाई ६–२, ६–१ र ७–५ लाई पराजित गरे ।
अमेरिकाका रेली ओपेल्काले जर्मनीका डोमिनिक कोएफरलाई ६–४, ६–३ र ७–६ (७–४) सेटमा पराजित गरे ।