काठमाडौं । पीएम कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा नेपाल एपीएफ क्लबले नेपाल पुलिस क्लबलाई जितका लागि १ सय ५८ रनको लक्ष्य दिएको छ ।
टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले १९ ओभर ५ बलमा अलआउट हुँदै १ सय ५७ रन बनायो ।
एपीएफका लागि अमर रौटेलाले सर्वाधिक २९ रन बनाए । उनले १५ बलमा ३ छक्का र २ चौका प्रहार गरे ।
यस्तै लोकेश बमले २७ रन जोड्दा सन्दीप जोराले २४ रन बनाए । कप्तान शरद भेषवाकर १९ रन बनाएर आउट भए ।
भुवन कार्कीले १७ रन जोडे । आसिफ शेखले ९, प्रदिप ऐरीले ७, दिपक बोहराले ६ रन जोड्दा पुरण बिक सुन्य रनमा आउट भए ।
किशोर महतो ८ रनमा आउट हुँदा अविनास बोहरा १ रनमा अविजित रहे ।
पुलिसका दिपेन्द्र सिंह ऐरी र सागर ढकालले ३/३ विकेट लिए । गुलशन झाले २ विकेट लिए । आरिफ शेख र योगेन्द्र सिंह कार्कीले १/१ विकेट लिए ।
आज दुबै टिम उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएका छन् । विजेताले पाँच लाख र उप-विजेताले तीन लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
एपीएफले दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबलाई ४७ रनले हराएर पुलिससँगको भेट पक्का गरेको हो ।
पुलिसले भने पहिलो सेमिफाइनलमा बागमती प्रदेशलाई ५० रनले हराएको थियो ।