काठमाडौं । पीएम कप टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाल एपीएफ क्लबले त्रिभुवन आर्मी क्लबलाई २ सय ३१ रनको विशाल लक्ष्य दिएको छ ।
टियु क्रिकेट मैदानमा दोस्रो सेमिफाइनल अन्तर्गत टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको एपीएफले निर्धारित २० ओभरमा २ विकेट गुमाउदै २ सय ३० रन जोड्यो ।
एपीएफका लागि आसिफ शेखले सर्वाधिक ८४ रनको योगदान गरे । आसिफले ४३ बल खेल्दै १० चौका र ५ छक्का प्रहार गरे ।
यता लोकेश बमले केवल १८ बलमा ६६ रन बनाउदै अविजित रहे । लोकेशले दुई चौका र ९ छक्का हिर्काए ।
प्रदिप ऐरीले ५३ बलमा ५७ रन जोडे । उनले ७ चौका र एक छक्का प्रहार गरे ।
आर्मीका जितेन्द्र मुखिया र सुमित श्रेष्ठले एक–एक विकेट हात पारे ।