काठमाडौं । विश्व नम्बर १ टेनिस खेलाडी नोभाक जोकोभिचका लागि कठिन दिन सुरु हुँदैछन् र लाग्छ, यस वर्ष उनले कुनै ग्रान्ड स्लाम खेल्ने छैनन् । यति मात्र होइन्, आफ्नो कोभिड १९ विरुद्धको खोप नलिन हो भने उनका लागि धेरै ठूला उपाधिको बाटो बन्द हुनेछ । भर्खरै उनलाई अष्ट्रेलियन खेल्नबाट रोकियो र देश निकाला जस्तै गरियो ।
अब फ्रान्सेली सरकारले पनि घोषणा गरेको छ, खोप नलगाएका खेलाडीलाई फ्रेन्च ओपन खेल्न दिइने छैन् । फ्रान्सेली खेलकुद मन्त्री रोक्सना मारासिनेउले यसबारे घोषणा गर्दै भनेकी छिन्, खोप नलगाएका कोही पनि खेलाडी फ्रेन्च ओपन खेल्न पेरिस नआए हुन्छ । आए, उही कुरा दोहरिनेछ, जुन मेलबर्नमा भएको थियो ।
जोकोभिचलाई खालि फ्रेन्च ओपन खेल्ने मात्र आश थियो, किनभने यसअघि फ्रान्समा खोप नलगाएकालाई खेल्नबाट प्रतिबन्ध लगाउने नियम थिएन्, अब त्यस्तो रहेन् । नियम बनेको छ । विम्बल्डन र यूएस ओपन खेल्न त यसअघि नै खेलाडीले खोप लगाएको अनिवार्य हुनु पर्ने नियम बनिसकेको छ ।
त्यति मात्र होइन्, मास्टर्स सिरिजका अधिकांस प्रतियोगिता अमेरिकामा हुने गर्छन् । अमेरिकामा त खोप अनिवार्य छ । अब प्रश्न उठ्छ, जाकोभिचले कसरी यी प्रतियोगिता खेल्न होलान त ? जोकोभिच भने खोप लगाउन नहुनेमा जिद्दी कसिरहेका छन् र यो कायम छ । यस्तै हुने हो भने उनको टेनिस भविष्य पनि अन्धकार छ ।
–मार्काको सहयोगमा ।