सी–क्यानको नेतृत्वमा टमाटा
सोमबार, ०३ माघ २०७८खेलपाटी संवाददाता

जगत टमाटाको अध्यक्षमा निर्वाचित नयाँ कार्यसमिति । फोटो सी क्यान
काठमाडौं । क्रिकेट प्रशिक्षक संघको साधारण सभाले जगतबहादुर टमाटाको नेतृत्वको नयाँ कार्यसमिति चयन गरेको छ ।
काठमाडौंमा सोमबार सम्पन्न साधारण सभाले टमाटाको नेतृत्वमा निर्विरोध नयाँ कार्यसमिति चयन गरेको हो ।
टमाटा अध्यक्षमा निर्वाचित भएको कार्यसमितिमा श्यामजंग थापा उपाध्यक्ष छन् ।
यस्तै, सचिवमा बसन्तबहादुर शाही, कोषाध्यक्षमा महेशप्रसाद रिजाल र सदस्यमा प्रकाश शर्मा, रिजन प्रजु, सुनिल शाह, निराराज उपाध्याय, जानकी भट्ट, ज्ञानेन्द्र क्षेत्री, शेर लामा रहेका छन् ।
#टमाटा














-1767006224106.jpeg&w=3840&q=75)
