काठमाडौं । इंग्ल्यान्डले एजेस शृंखलाको अन्तिम टेस्टमा अष्ट्रेलियाविरुद्ध एक अर्को खराब हार बेहोरेपछि सबैले टिमको चर्को आलोचना सुरु गरेका छन् र यसमा सबैभन्दा अगाडि रहेका पूर्व कप्तान एलिस्टर कुक ।
कुकले भनेका छन्, यतिको खराब प्रदर्शन सम्भव छैन्, यो त असफलको सबैभन्दा तल्लो स्तरमा गिरेको नै हो ।
होबार्टमा भएको खेलमा जितका लागि तेस्रो दिन २ सय ७१ रन पछ्याइरहेको इंग्ल्यान्ड एक समय विना कुनै विकेटको क्षति ६८ रनमा थियो । तर त्यसपछि ५६ रन थपेर सबै १० विकेट गुमाएको थियो र शृंखला आफै ४–० ले गुमाएको थियो।
कुक भन्छन्, टिममा त्यस्तो कोही खेलाडी देखिएन्, जसले आत्मविश्वासले खेलेको होस ।
अर्का पूर्व ब्याट्सम्यान मार्क बुचरले अहिलेको इंग्ल्यान्ड खेलाडी केटाकेटीले क्रिकेट खेल्ने जस्ता मात्र रहेको बताए भने स्टिभ फिनले ती खेलाडीमा कुनै दम नै नभएको माने ।
दुवै यी पुरानो खेलाडीको दाबी थियो, यत्तिको खराब खेलेको सायद विरलै मात्र देख्न पाइने छ । यो सहन नसकिने प्रदर्शन हो ।
अब सबैको के पनि अनुमान छ भने अहिलेका कप्तान जोए रुटले आफू नेतृत्वमै रहने इच्छा देखाएपनि त्यो हुने छैन् ।
इंग्लिस टिममा परिवर्तनको नाममा सबैभन्दा पहिले रुटले नै नेतृत्व गुमाउने छन् र उनको स्थानमा कोही नयाँ कप्तान आउने छन् । सायद प्रशिक्षकको टोलीमा परिवर्तन आउने छ नै ।
–बीबीसीको सहयोगमा ।