काठमाडौं । पाहुना टोली आयरल्यान्डले वेस्ट इन्डिजविरुद्धको तीन खेलको एकदिवसिय सिरिज २–१ ले जितेको छ ।
तेस्रो तथा अन्तिम खेल २ विकेटले आफ्नो पक्षमा पारेपछि आयरल्यान्डले सिरिज जितेको हो ।
यस अघि पहिलो खेल वेस्ट इन्डिजले २४ रन तथा दोस्रो खेल आयरल्यान्डले ५ विकेटले जितेको थियो ।
अन्तिम खेलमा जितका लागि चाहिएको २ सय १३ रनको लक्ष्य आयरल्यान्डले ४४ दशमलब ५ ओभरमा ८ विकेट गुमाएर पुरा गर्यो ।
आयरल्यान्डको जितमा एन्डी म्याकब्रिनले सर्वाधिक ५९ रनको योगदान गरे ।
ह्यारी टेक्टरले ५२ तथा कप्तान पल स्टीरलिङले ४४ रन बनाए ।
वेस्ट इन्डिजका अकिल होसेन र रोस्टन चेजले समान ३–३ विकेट हात पारे । ओडियन स्मीथले एक विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले ४४ दशलमब ४ ओभरमा अलआउट हुदै २ सय १२ रन जोडेको थियो ।
वेस्ट इन्डिजका लागि शाई होपले सर्वाधिक ५३ रन जोडे ।
जासन होल्डरले ४४ बनाए ।
आयरल्यान्डका लागि एन्डी माइकब्रिनले सर्वाधिक ४ विकेट लिए ।
क्रेग योंगले ३ तथा कस्टिस क्याम्फर र जर्ज डक्रेलीले एक–एक विकेट हात पारे ।