काठमाडौं । पहिलो एकदिवसीय क्रिकेटमा श्रीलंकाले जिम्बावेलाई पराजित गरेको छ ।
आइतबार राति भएको खेलमा श्रीलंकाले जिम्बावेलाई ५ विकेटले हराएको हो ।
जितसँगै तीन खेलको सिरिजमा श्रीलंकाले १-० को अग्रता बनाएको छ।
जिम्बावेले दिएको २ सय ९७ रनको लक्ष्य श्रीलंकाले ४८ ओभर ४ बलमा ५ विकेट गुमाएर पूरा गर्यो ।
श्रीलंकाका लागि दिनेश चण्डीमाल र पाथुम निशान्काले समान ७५ रनको अर्धशतकीय इनिङ्स खेले ।
यस्तै चारिथ अस्लान्काले ७१ रनको अर्धशतकीय इनिङ्स खेले । कुशल मेन्डीसले २६ रन जोड्दा कामिन्दु मेन्डीसले १७ रन जोडे।
कप्तान डसुन शनकाले अविजित १० रन जोडे ।
जिम्बावेका रिचार्डले ३ विकेट लिए । सिकन्दर राजा र ब्लेसिङ मुजराम्बानीले १/१ विकेट लिए ।
यस अघि पहिले ब्याटिङ गरेको जिम्बावेले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ९६ रन बनाएको थियो ।
जिम्बावेका लागि सिन विलियम्सले १०० रनको शतकीय इनिङ्स खेले।
यस्तै रेगिस चिकभाले ७२ रन जोड्दा टाकुजवानेशे काइटानोले ४२ रन बनाए ।
श्रीलंकाका चामिका करुनारत्नेले ३ विकेट लिए । यस्तै जेफ्री भान्डरसे र नवन दीपले २/२ विकेट लिए ।