काठमाडौं । एसेज सिरिज अन्तर्गतको अन्तिम तथा पाँचौ टेस्टमा अष्ट्रेलियाले इंग्ल्यान्डलाई १ सय ४६ रनले हराएको छ।
होबार्टमा आइतबार सहज जित निकालेसँगै अष्ट्रेलियाले पाँच खेलको सिरिज ४-० ले कब्जा गरेको छ । र, सिरिज घरमै राख्न सफल भएको छ ।
अष्ट्रेलियाबाट प्राप्त १ सय ७१ रनको लक्ष्यसहित दोस्रो इनिङ्स थालेको इंग्ल्यान्ड १ सय २४ रन जोड्दा अलआउट भयो।
इंग्ल्यान्डका ज्याक क्रलीले ३६ रन जोड्दा रोरी ब्रुन्सले २६ रन जोडे । इंग्ल्यान्डलाई सस्तैमा समेट्न अष्ट्रेलियाका पाट कमिन्स,स्कट बोलाण्ड र क्यामरुन ग्रीनले ३/३ विकेट लिए ।
यस अघि इंग्ल्यान्डले पहिलो इनिङ्समा १ सय ८८ रन बनाएको थियो ।
अष्ट्रेलियाले पहिलो इनिङ्समा ३ सय ३ रन जोडेको थियो । जसमा टार्भिस हेडले १ सय १ रनको शतकीय इनिङ्स खेलेका थिए ।
दोस्रो इनिङ्समा अष्ट्रेलियाले १ सय ५५ रन जोडेको थियो ।