काठमाडौं । प्रधानमन्त्री (पीएम) कप टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले जितका लागि गण्डकी प्रदेशलाई १ सय ४४ रनको लक्ष्य दिएको छ।
टियु क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको बागमतीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४३ रन बनायो ।
बागमतीका लागि विपिन आचार्यले सर्वाधिक ३० रन जोडे । प्रतिष जिसी र सुबाश खकुरेलले समान २७ रन जोड्दा लक्की कठायतले १७ रन जोडे ।
नन्दन यादवले १४ रन जोड्दा इशान पाण्डे ९ र कप्तान ज्ञानेन्द्र मल्ल ४ रनमा आउट भए ।
गण्डकीका विशाल पौडेल र कृष्ण पौडेलले २/२ विकेट लिए । अशोक श्रेष्ठ, सुबाश भण्डारी र कमल परियारले १/१ विकेट लिए ।
समूह बी मा रहेको बागमती ३ खेलमा २४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ।
गण्डकीलाई हराएर बागमती सेमिफाइनल पुग्ने योजनामा रहेको छ ।
गण्डकी २ खेलमा अंक विहीन रहदै पुछारमा रहेको छ ।