काठमाडौं । इन्डियन प्रियिमर लिग (आईपीएल) का दुई नयाँ टिमहरु अहमदाबाद र लखनऊलाई खेलाडी अनुवन्धनका लागि अनुमति दिइएको छ ।
बीसीसीआईले बुधबार दुई टिमलाई बढीमा तीनजना खेलाडीहरुलाई अनुबन्धनका लागि जनवरी २२ तारिखसम्मको समय दिएको हो ।
तीनमध्ये उनीहरुले एकजना विदेशी खेलाडी राख्न पाउनेछन् ।
उनीहरुले बाँकी खेलाडी फेब्रुअरी १२ र १३ तारिखमा हुने अक्सनबाट अनुबन्धन गर्न पाउनेछन् ।
लखनऊले केएल राहुललाई टिममा ल्याउने तथा उनलाई नै कप्तान बनाउने अपेक्षा गरिएको छ ।
यता अहमदाबादले भने हार्दिक पाण्ड्यालाई भित्र्याउने प्रयास गरिरहेको छ ।