काठमाडौं । सहभागिता अनिश्चित भएपछि सर्वियाका नोभाक जोकोभिच अष्ट्रेलियन ओपन टेनिस प्रतियोगिताका लागि विश्व नम्बर एक खेलाडीका रुपमा सूचिकृत भएका छन् ।
आयोजकले जोकोभिचलाई विश्व नम्बर एक खेलाडीको रुपमा सूचिकृत गरेको छ ।
कोरोना भाइरसविरुद्धको खोप नलगाएका कारण अष्ट्रेलिया प्रवेशमा रोक लगाइएका जोकोभिचलाई सोमबार एक न्यायाधिशले उनको भिसा रद्द नगर्न तथा उनलाई मेलवर्नको अध्यागमन हिरासतबाट छाड्न निर्देशन दिएको थियो ।
जनवरी १७ तारिखबाट अष्ट्रेलियन ओपन सुरु हुदैछ ।
अष्ट्रेलिया सरकारले उनको भिषा पुन रद्द गर्ने प्रयास गरिरहेको छ ।
तर प्रतियोगिता आयोजकले भने उनलाई शीर्ष वरियताको खेलाडीको रुपमा सूचिकृत गरेको छ ।
गत वर्ष जोकोभिचलाई युएस ओपनमा पराजित गरेका रुसका ड्यानिल मेदभेदेभ दोस्रो वरियताको रुपमा सूचिकृत भएका छन् ।
अलेक्जेन्डर भेरेभ, स्टेफानोस सिट्सीपास र एन्ड्री रुवलेभलाई क्रमश तेस्रो, चौथो र पाँचौ वरियतामा राखिएको छ ।