काठमाडौं । दक्षिण अफ्रिकाविरुद्धको तेस्रो टेस्टमा पाहुना टोली भारतले सामान्य योगफल तयार पारेको छ ।
केप टाउनमा जारी खेलको पहिलो इनिङ्समा भारतले अलआउट हुदै २ सय २३ रन जोडेको छ ।
भारतका लागि कप्तान विराट कोहलीले सर्वाधिक ७९ रनको योगदान गरे ।
चेतेश्वर पुजाराले ४३ रन जोड्दा रिशभ पन्त २७ रनमा आउट भए ।
दक्षिण अफ्रिकाका कगिसो रवाडाले सर्वाधिक ४ विकेट चटकाए ।
मार्को जानसेनले तीन विकेट हात पारे ।
डुआन ओलिभियर, लुंगी नगिडी र केशभ महाराजले समान एक–एक विकेट लिए ।
यता जवाफी ब्याटिङ थालेको दक्षिण अफ्रिकाले पहिलो दिनको समाप्तीमा एक विकेट गुमाएर १७ रन जोडेको छ ।
कप्तान डिन इल्गार ३ रनमै आउट भए ।
एइडेन मार्कराम ८ र केशव महाराज ६ रनमा नटआउट रहेका छन् ।
भारतका लागि जसप्रित बुमराहले पहिलो विकेट हात पारे ।
तीन टेस्टको सिरिजमा भारत र दक्षिण अफ्रिका १–१ को बराबरीमा हुदा तेस्रो टेस्ट निर्णायक बन्नेछ ।