काठमाडौं । पीएम कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा नेपाल एपीएफ क्लबले लगातार दोस्रो जित दर्ता गरेको छ ।
समूह ‘बी’ अन्तर्गत टियु क्रिकेट मैदानमा मंगलबार बागमती प्रदेशलाई ७ विकेटले पराजित गर्दै एपीएफले दोस्रो जित दर्ता गरेको हो ।
यस अघि सोमबार आफ्नो पहिलो खेलमा एपीएफले प्रदेश २ लाई २४ रनको पराजित गरेको थियो ।
जितसँगै एपीएफले दुई खेलबाट ४ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
यता बागमतीले पहिलो खेलमा लुम्बिनी प्रदेशलाई ४९ रनले पराजित गरेको थियो ।
बागमती र प्रदेश २ को समान दुई–दुई अंक छ ।
मंगलबार बागमतीले दिएको १ सय २६ रनको लक्ष्य एपीएफले १८ दशलमब ४ ओभरमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो।
एपीएफका लागि लोकेश बमले अर्धशतकीय इनिङ्स खेले । उनले २४ बलको सामना गर्दा ५० रन बनाएका थिए ।
लोकेशले १० चौका र एक छक्का हिर्काए ।
यस्तै प्रदिप ऐरी ३६ रनमा नटआउट रहे ।
बागमतीका लागि प्रतिस जिसी, रामनरेश गिरी र रिजन ढकालले एक–एक विकेट लिए ।
यस अघि पहिले ब्याटिङ गर्दै बागमतीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय २५ रनको योगफल तयार पार्न सफल भयो ।
बागमतीका लागि इशान पाण्डेले सर्वाधिक २९ रनको योगदान गरे ।
नन्दन यादवले २४ रनमा आउट भए ।
सुवास खकुरेलले २१ तथा आदिल खान १९ रन बनाए ।
एपीएफका लागि अविनास बोहराले सर्वाधिक चार विकेट लिए ।
कमल ऐरीले दुई विकेट हात पारे ।
शरद भेषवाकर र किशोर महतो एक–एक विकेट लिए ।