काठमाडौं । पीएम कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत बागमती प्रदेशले नेपाल एपीएफ क्लबसामु १ सय २६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
समूह ‘बी’ अन्तर्गत टियु क्रिकेट मैदानमा पहिले ब्याटिङ गर्दै बागमतीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय २५ रनको योगफल तयार पार्न सफल भयो ।
बागमतीका लागि इशान पाण्डेले सर्वाधिक २९ रनको योगदान गरे ।
नन्दन यादवले २४ रनमा आउट भए ।
सुवास खकुरेलले २१ तथा आदिल खान १९ रन बनाए ।
एपीएफका लागि अविनास बोहराले सर्वाधिक चार विकेट लिए ।
कमल ऐरीले दुई विकेट हात पारे ।
शरद भेषावकर र किशोर महतो एक–एक विकेट लिए ।