काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) को मुख्य प्रायोजकबाट चिनियाँ मोबाइल कम्पनी भिभो बाहिरिएको छ ।
भिभो बाहिरिएसँगै आईपीएलको मुख्य प्रायोजक टाटा रहने भएको छ ।
भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) को मंगलबार बसेको बैठकले टाटालाई मुख्य प्रायोजक दिने निर्णय गरेको छ ।
अब आगामी संस्करणबाट आईपीएलको नाम टाटा आईपीएल रहनेछ ।
भिभो सन् २०१७ मा आईपीएलको मुख्य प्रायोजक बनेको थियो ।