काठमाडौं । पीएम कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत गण्डकी प्रदेशले प्रदेश नं. २ लाई १ सय १७ रनको लक्ष्य दिएको छ ।
समूह ‘बी’ अन्तर्गत मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गर्दै गण्डकीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय १६ रन जोड्यो ।
गण्डकीका लागि अर्जुन कुमालले सर्वाधिक ४१ रनको योगदान गरे ।
सन्दीप क्षेत्रीले २७ रन जोडे ।
अर्जुन र सन्दीपले चौथो विकेटका लागि ५४ रनको साझेदारी गरेका थिए ।
प्रदेश २ का आदिल आलमले दुई विकेट लिए ।
हरिशंकर साह, जितेन्द्र यादव र विवेक यादवले एक–एक विकेट हात पारे ।