काठमाडौं । मंगलबारका लागि तय भएको पाहुना टोली आयरल्यान्ड र वेस्ट इन्डिजबीचको दोस्रो एकदिवसिय क्रिकेट खेल स्थगित भएको छ ।
आयरल्यान्डका थप दुई खेलाडीमा कोरोना पोजेटिभ देखिएपछि खेलाडी अभावका कारण दोस्रो खेल स्थगित गरिएको हो ।
आयरल्यान्डका अन्य दुई खेलाडी घाइते छन् भने यस अघि अन्य पाँच खेलाडीमा कोरोना देखिएपछि उनीहरु आइसोलेसनमा रहेका छन् ।
तीन खेलको सिरिज अन्तर्गत पहिलो खेल वेस्ट इन्डिजले २४ रनले जितेको थियो ।
वेस्ट इन्डिज र आयरल्यान्ड क्रिकेट बोर्डले सिरिजका पुरै खेलका लागि सम्भावनाहरुबारे छलफल भइरहेको जनाएका छन् ।