काठमाडौं । कर्णाली प्रदेशले पीएम कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत पहिलो जित दर्ता गरेको छ ।
समूह ‘ए’ अन्तर्गत मुलपानी क्रिकेट मैदानमा प्रदेश नं. १ लाई ३१ रनले पराजित गर्दै पहिलो जित दर्ता गरेको हो ।
यस अघि सोमबार पहिलो खेलमा कर्णाली त्रिभुवन आर्मी क्लबसँग ६३ रनको पराजय भोगेको थियो ।
कर्णालीविरुद्ध १ सय २१ रनको लक्ष्य पछ्याएको प्रदेश १ ले १७ दशमलब ५ ओभरमा अलआउट हुदै मात्र ८९ रन जोड्न सक्यो ।
प्रदेश १ का लागि फिर्दोश अन्सारीले सर्वाधिक २३ रन जोडे ।
दिपेश कडेल र श्रवण यादवले समान १५–१५ रन बनाए ।
कप्तान सिद्धान्त लोहनीले सर्वाधिक १४ रनको योगदान गरे ।
कर्णालीका लागि अनुज चुनारा सर्वाधिक ४ विकेट हात पारे ।
दिवान पुनले दुई विकेट लिए । दिनेश अधिकारी, प्रकाश जैसी र अनुप कुवरले एक–एक विकेट हात पारे ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय २० रन जोड्यो ।
कर्णालीका लागि कप्तान रविन्द्र शाहीले सर्वाधिक ३६ रन जोडे । प्रकाश जैसीले २५ रनको योगदान गरे ।
प्रदेश १ का लागि मुकुन्द यादवले सर्वाधिक ३ विकेट हात पारे ।
फिर्दोश अन्सारीले दुई विकेट लिदा कमल खत्री र सिद्धान्त लोहनीले एक–एक विकेट लिए ।