काठमाडौं । बागमती प्रदेशले पीएम कप टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत लुम्बिनी प्रदेशलाई जितका लागि १ सय १५ रनको लक्ष्य दिएको छ ।
समूह ‘बी’ अन्तर्गत मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको बागमतीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउदै १ सय १४ रन जोड्यो ।
बागमतीका लागि सुवास खुकुरेलले सर्वाधिक ५१ रनको योगदान गरे ।
कप्तान ज्ञानेन्द्र मल्ल १९ रनमा आउट भए ।
लुम्बिनीका लागि दुर्गेश गुप्ता र अनिल खरेलले दुई–दुई विकेट हात पारे ।
सिद्धान्त शाही, विक्रम भुषाल तथा बसिर अहमदले एक–एक विकेट लिए ।