काठमाडौं । पीएम कप टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत एपीएफ क्लबले प्रदेश नं. २ लाई १ सय ६४ रनको लक्ष्य दिएको छ ।
टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ६३ रन जोड्यो ।
एपीएफका लागि आसिफ शेखले ४५ बलमा सर्वाधिक ६३ रनको योगदान गरे । आसिफले ३ ५ छक्का र ३ चौका प्रहार गरे ।
आसिफले पहिलो विकेटका लागि प्रदिप ऐरीसँग १ सय २० रनको साझेदारी गरेका थिए ।
प्रदिपले ४८ बलमा ६० रन जोडे । उनले ९ चौका हिर्काए ।
प्रदेश २ का लागि रितेश सिंहले सर्वाधिक चार विकेट हात पारे ।
विवेक यादवले एक विकेट लिए ।