काठमाडौं । भिषा समस्याका कारण अफगानिस्तानको टोली आईसीसी यू–१९ विश्वकपका लागि वेस्ट इन्डिज समयमा पुग्न सकेको छ ।
जसका कारण अफगानिस्तानले इंग्ल्यान्डविरुद्ध सोमबार खेल्ने भनेको अभ्यास खेल स्थगित भएको छ ।
अफगानिस्तानले युएईविरुद्ध जनवरी १२ मा दोस्रो अभ्यास खेल खेल्ने तय भएको थियो ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले समस्या समाधानका लागि पहल भइरहेको जनाएको छ ।
जनवरी १४ तारिखबाट सुरु हुने विश्वकपका लागि आईसीसीले अफगानिस्तानको अभ्यास तालिका परिवर्तन गर्ने जनाएको छ ।