काठमाडौं । न्यूजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा पाहुना टोली बंगलादेश केवल १ सय २६ रनमा अलआउट भएको छ ।
न्यूजिल्यान्डले ६ विकेटको क्षतिमा ५ सय २१ रनमा इनिङ्स समाप्तीको घोषणा गरेपनि जवाफी ब्याटिङ गरेको बंगलादेशले राम्रो ब्याटिङ गर्न सकेन ।
यासिर अलीले सर्वाधिक ५५ रन तथा नुरुल हसनले ४१ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन ।
न्यूजिल्यान्डका ट्रेन्ट बोल्टले सर्वाधिक ५ विकेट हात पारे ।
टिम साउथी ३ तथा कायल जामिसनले २ विकेट लिए ।
यस अघि कप्तान टम लाथमको दोहोरो शतक तथा डेभोन कनवेको शतकको मदतमा न्यूजिल्यान्डले ६ विकेट गुमाउदै
५ सय २१ रनमा पहिलो इनिङ्स समाप्तीको घोषणा गरेको थियो ।
टमले २ सय ५२ रन जोडे । उनले ३ सय ७३ बलको सामना गर्दा दुई छक्का र ३४ चौका हिर्काए ।
डेभोनले १ सय ९ रनको योगदान गरे । उनले १ सय ६६ बल खेल्दा एक छक्का र १२ चौका हानेका थिए ।
टम बल्नडेल ५७ रनमा नटआउट रहे भने विल योंगले ५४ रनमा आउट भए ।
बंगलादेशका शोरिफुल इस्लाम र इबादोत होसेनले समान दुई–दुई विकेट हात पारे भने मोमिनुल हकले एक विकेट लिए ।