काठमाडौं । प्रधानमन्त्री (पीएम) कप टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले सुदुरपश्चिम प्रदेशलाई जितका लागि ९४ रनको लक्ष्य दिएको छ ।
मुलपानी क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको पुलिसले २० ओभरमा ८ विकेट गुमाएर ९३ रन बनायो ।
पुलिसका लागि कुशल भुर्तेलले सर्वाधिक २१ रन जोडे । यस्तै पवन सर्राफले २० रन जोड्दा आरिफ शेखले १० रन बनाए ।
सुदुरपश्चिमका नारायण जोशी र आदित्य महताले ३/३ विकेट लिए । शेर मल्लले २ विकेट लिए ।
प्रतियोगितामा सहभागी १० टिमलाई २ समूहमा विभाजन गरिएको छ ।
समूह ‘ए’ मा आर्मी क्लब, कर्णाली प्रदेश, पुलिस क्लब, सुदुरपश्चिम प्रदेश र प्रदेश नं. १ रहेका छन् ।
समूह ‘बी’ अन्तर्गत एपीएफ क्लब, प्रदेश नं. २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश रहेका छन् ।
दुबै समूहका विजेता र उपविजेता टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।
प्रतियोगिताको फाइनल खेल माघ ५ गते हुनेछ ।