काठमाडौं । नेपालकी धाविका पुष्पा भण्डारीले बंगबंधु शेख मुजीव बन्धु म्याराथनमा कास्य पदक जितेकी छिन् ।
बंगलादेशको ढाकामा सोमबार महिलातर्फ निर्धारित दुरी २ घण्टा ५७ मिनेट ३५ सकेन्डमा पूरा गर्दै पुष्पाले कास्य पदक जितेकी हुन् ।
महिलातर्फ भारतकी आरती पटेलले २ घण्टा ५३ मिनेट २८ सेकेन्डको समय निकाल्दै स्वर्ण जितिन् ।
भारतकै ज्योति गावटीले २ घण्टा ५४ मिनेट १४ सेकेन्डको समय निकाल्दै रजत जितिन् ।
पुरुषतर्फ नेपालका किरण बोगटी पाँचौं भए । १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता बोगटीले २ घण्टा २३ मिनेट ४३ सेकेन्डको समय निकाले ।
पुरुषतर्फ भारतका बुगाथा स्रिनुले स्वर्ण जित्दा भारतकै अर्जुन प्रधानले रजत जिते ।