एजेन्सी ।
क्रिकेटको मज्जा यस्तैमा छ, कुनै टिम जितको निकै नजिक रहेर पनि त्यसलाई आत्मसात् गर्न असफल हुन्छ ।
अष्ट्रेलिया र इंग्ल्यान्डबीच आइतबार बराबरीमा टुंगेको चौथो टेस्ट पनि यस्तै रह्यो । अष्ट्रेलिया जितबाट खालि एक विकेट टाढा थियो, तर पनि उसले त्यो जितलाई निकाल्न सकेन् ।
यस्तो खेलमा हारबाट जोगिने टिम भने खुबै उत्साहित हुने गर्छ, जस्तो अहिले इंग्ल्यान्ड भइरहेको छ ।
यो बराबरीको धेरै अर्थ छ र यसले तयार पारेको सबैभन्दा ठूलो स्थिति हो, अब इंग्ल्यान्ड यस एसेज सिरिजमा ह्वाइट वास हुनबाट जोगिएको छ ।
इंग्लिस कप्तान जोए रुटले भने पनि, यो बराबरी खुबै स्वादिलो रह्यो ।
उनले भनेका छन्, ‘टिममा पक्कै पनि धेरै सुधार आएको छ । हाम्रो टिम अहिले सही दिशामा अग्रसर ।’
सिरिजका यसअघिका तीन टेस्टमा इंग्ल्यान्ड नराम्रोसँग पराजित भएको थियो । चौथो टेस्ट अगाडि रुटले आफ्ना सबै खेलाडीलाई आफ्नो टिममा गर्व गरेर खेल्न भनेका थिए ।
सायद त्यसको नतिजा आएको छ ।
रुट मान्छन्, 'अब टिममा विश्वास फर्केको छ ।'
त्यसैले जति बेला पाँचौं तथा अन्तिम टेस्ट होबार्टमा हुनेछ, इंग्ल्यान्ड राम्रो खेल्न प्रेरित रहने छ । यो डे नाइट टेस्ट रहेको छ ।
'इंग्लिस टिमले यस खेलमा पनि राम्रो गर्न सके, घर फर्कदा खेलाडीले वास्तवमै गर्व महसुस गर्न सक्ने छन् ।' रुट पनि यस्तै भन्छन् ।
–बीबीसीको सहयोगमा ।