काठमाडौं । बंगलादेशविरुद्धको दोस्रो टेस्टमा घरेलु टोली न्यूजिल्यान्डले ५ सय २१ रनको विशाल योगफल तयार पारेको छ ।
कप्तान टम लाथमको दोहोरो शतक तथा डेभोन कनवेको शतकको मदतमा न्यूजिल्यान्डले ६ विकेट गुमाउदै ५ सय २१ रनमा पहिलो इनिङ्स समाप्तीको घोषणा गरेको छ ।
टमले २ सय ५२ रन जोडे । उनले ३ सय ७३ बलको सामना गर्दा दुई छक्का र ३४ चौका हिर्काए ।
डेभोनले १ सय ९ रनको योगदान गरे । उनले १ सय ६६ बल खेल्दा एक छक्का र १२ चौका हानेका थिए ।
टम बल्नडेल ५७ रनमा नटआउट रहे भने विल योंगले ५४ रनमा आउट भए ।
बंगलादेशका शोरिफुल इस्लाम र इबादोत होसेनले समान दुई–दुई विकेट हात पारे भने मोमिनुल हकले एक विकेट लिए ।