काठमाडौं । बंगलादेशविरुद्धको दोस्रो टेस्टमा घरेलु टोली न्यूजिल्यान्ड विशाल योगफलतर्फ अघि बढेको छ ।
कप्तान टम लाथमले शतकिय इनिङ्स खेलेपछि न्यूजिल्यान्डले पहिलो दिनको समाप्तीमा मात्र एक विकेट गुमाएर ३ सय ४९ रन जोडेको छ ।
टम १ सय ८६ रनमा नटआउट रहेका छन् । उनले २ सय ७८ बलको सामना गर्दा २८ चौका प्रहार गरे ।
यता डेभोन कनवे ९९ रनमा नटआउट रहेका छन् । डेभोनले १ सय ४८ बल खेल्दा एक छक्का र १० चौका हिर्काए ।
टम र डेभोनले दोस्रो विकेटका लागि २ सय १ रनको साझेदारी गरिसकेका छन् ।
न्यूजिल्यान्डका विल योंग ५४ रन बनाएर आउट भए ।
विलले पहिलो विकेटका लागि टमसँग १ सय ४८ रनको साझेदारी गरेका थिए ।
बंगलादेशका लागि एकमात्र विकेट सोरिफुल इस्लामले हात पारे ।
बंगलादेशले पहिलो टेस्ट ८ विकेटले जितेको थियो ।